पथरी । मोरङको पथरी शनिश्चरेमा नगरस्तरीय खुला कविता प्रतियोगिता -२०८१ हुने भएको छ।
कला साहित्य प्रवर्द्धन समिति, पथरी शनिश्चरेद्वारा नगरस्तरीय खुला कविता प्रतियोगिताको आयोजना हुन लागेको हो। असार ८ गते शनिवार हुने प्रतियोगिताको पहिलो/प्रथम चरणका लागि छनौटमा परेका उत्कृष्ट २० कविहरूले आ आफ्ना कविताहरू वाचन गरी प्रतियोगितामा सहभागिता जनाउने छन्। सो को लागि नगरभित्रका जुनसुकै निजी वा सामुदायिक विद्यालयहरु, क्याम्पस, वा जो कोहिले जुनसुकै उमेरका ईच्छुक प्रतियोगी कविहरूले खुल्ला प्रतियोगितामा सहभागिता जनाउन पाउने समितिका संयोजक लक्ष्मी प्रसाद फूयाँलले जानकारी दिए। पहिलो चरणको प्रतियोगितामा सहभागिता जनाउन असार ५ गते बुधबार भित्रमा ईमेल, आईडी वा ह्वाट्स एप नम्बर वा सम्पर्क कार्यालयमा ईच्छुक सर्जकहरूले स्वयं आएर वा पठाएर आ- आफ्ना कविताहरू बुझाउन सक्नुहुने जनाईएको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई क्रमशः रू.१५,०००/-, रु.१०,०००/-, रु.५,०००/- र रू.२,०००/- तथा प्रमाण पत्र प्रदान गरिनेछ ।
प्रथम चरणको कार्यक्रम यही असार ८ गते, शनिबार मनोहर होटल एण्ड पार्कको सभाहल ,रत्न चौक हुनेछ भने दोस्राे चरणको अर्को फाईनल प्रतियोगिता, स्रष्टा सम्मान, नाटक प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रमसहित पुरस्कार वितरण कार्यक्रम आगामी असार १५ गते शनिवार एभरेष्ट अंग्रेजी माविमा सम्पन्न हुने साहित्य संयोजक लक्ष्मीप्रसाद फुयालले जानकारी दिए।


158 पटक हेरिएको 












