लेटाङ । मोरङको पहाडी क्षेत्र लेटाङ नगरपालिकाको वारङ्गीमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ ।
भदौ ५ गते १३:३० बजे पोष्टको उद्घाटन गरी सेवा शुभारम्भ गरिएपछि स्थानीयबासीमा खुसी छाएको छ । लेटाङ ७ का कार्यबहाक वडा अध्यक्ष अधिकमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावती, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, लेटाङ नगरपालिकाका उप-प्रमुख कृष्ण कुमारी निरौला, इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक भिमलाल ओली लगायत स्थानीयहरु गरी ७० जनाको उपस्थिति रहेको थियो ।


189 पटक हेरिएको 












