पथरी । प्रथम पथरी शनिश्चरे अन्तराष्ट्रिय गोल्डकपको दोस्रो सेमीफाइनल झापा ११ र ब्रिगेड ब्वाइज काठमाडौंवीच हुने भएको छ।
आज भएको अन्तिम क्वाटर फाइनलमा खेलमा ब्रिगेड ब्वाइजले विजयी गरेपछि झापाको स्पर्धी टुङ्गो लागेको हो। खेलको पहिलो हाफमा सलहेश क्लबका जर्सी नं ६ का उमेश कार्कीले २४ औं मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफको २५ औं मिनेटमा ब्रिगेड ब्वाइजका आशिष राईले टिमलाई बराबरी पुऱ्याए । त्यसपछि खेल पेनाल्टीमा मोडियो । ब्रिगेड ब्वाइजले सलहेश फुटबल क्लबलाई ५-३ गोल अन्तरले पराजित गऱ्यो ।विजयी टोलीका खेलाडी आशिष राई खेलको म्यान अफ दि म्याच घोषित भए।
भोलिको पहिलो सेमीफाइनल खेल आयोजक पथरी ११ र संकट क्लब काठमाडौं बिच दिनको ३ बजेदेखि प्रस्तावित पथरी फुटबल रंगशालामा हुनेछ।


141 पटक हेरिएको 












