सवारी दुर्घटनाबाट झापा र खोटाङमा २ जनाको मृत्यु

पथरी । झापा र खोटाङको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

कार्तिक १ गते साँझ झापाको बिर्तामोड नगरपालिका-३ बिर्ताबजार स्थितमा मे. १ च ५९३० नम्बरको गाडीले ठक्कर दिँदा घाईते भएका एकको मृत्यु भएको हो । पैदल यात्री भारत घर भई बिर्तामोड-३ स्थितमा बस्दै आएका ६५ बर्षीय आसारुलाल पानवारीको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो भने चालक कन्काई नगरपालिका-८ का ४६ बर्षीय मान बहादुर भुजेललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ मा ना. १ ज ५७४३ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । चालक स्थानीय गोबिन्द कटुवाल र सुमो गाडीमा सवार स्थानीय दिपक बस्नेतको ८ बर्षीय छोरा हेमन्त बस्नेत घाईते भई उपचारको लागी लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । गाडी र चालक कटुवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार