पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर १ को वडा कार्यालयले प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिता-२०८१ को आयोजना गरेको छ।
उद्घाटन खेलमा वडा नम्बर १ ले वडा नम्बर ३ लाई ‘सडेन डेथ’मा ६ गोलको विरुद्ध ७ गोल गर्दै विजय हासिल गर्यो । दुवै टिमबीच खेल बराबरीमा टुङ्गिएपछि खेलले ट्राइबेकरको सहारा लिईएको थियो। खेलको ‘म्यान अफ दि म्याच’ वडा नं ३ का जर्सी नम्बर ११ का गोलकिपर सुगम लिम्बु घोषित भए। भोलिको खेल वडा नं २ र १० बीच हुने आयोजकले जनाएको छ।
आगामी चैत २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले फुटबल खेलका प्रमुख अम्पायरलाई हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन् ।उद्घाटन समारोहमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकी, नगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत पिताम्बर वस्ती, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहाल, पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, वडा नम्बर ८ का वडाध्यक्ष नवीन जङ् कार्की, वडा नं ३ का वडाध्यक्ष विजय लिम्बुलगायतको उपस्थित रहेको थियो।


90 पटक हेरिएको 









