वडाध्यक्ष वडास्तरीय फुटबल प्रतियोगिता: वडा नं. ८ विजयी

थरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ वडा कार्यालयको आयोजनामा प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं. ८ विजयी भएको छ ।
मङ्गलबार पथरी रंगशालामा भएको खेलमा वडा नं. ८ ले वडा नं. ७ लाई सडनडेथमा पराजित गरेको हो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि टाइब्रेकर गराइएको थियो । खेलको म्यान अफ दि म्याच वडा नं. ७ का प्रिन्स लिम्बु घोषित भए । बुधबार को खेल वडा नं. ९ र ४ बीच हुने आयोजकका भिष्म न्यौपानेले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार