काठमाडौँ । सत्तारुढ गठबन्धनले मुख्यमन्त्री, प्रदेश सभामुख र प्रदेश उपसभामुखको भागबन्डा गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति गरेको हो । तर, प्रदेश १, गण्डकी, लुम्बिनी र कणर्ालीमा भने आलोपालो हुने छैन । एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।
सत्ता साझेदार माओवादी केन्द्रले वाग्मती र कणर्ाली प्रदेशको नेतृत्व पाउने छ । सुदूरपश्चिममा पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले पाउने छ । को को मुख्य मन्त्री ?
सहमति अनुसार प्रदेश १ को मुख्यमन्त्री एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।
वाग्मतीमा माओवादी केन्द्र शालिकराम जम्कट्टेल, गण्डकीमा एमालेका खगराज अधिकारी, लुम्बिनीमा एमालेका लिला गिरी, कणर्ालीमा माओवादी राजकुमार शर्मा र सुदूरपश्चिममा एमालेका राजेन्द्रबहादुर रावल संसदीय दलका नेता छन् ।
वाग्मती प्रदेशमा एमालेका जगन्नाथ थपलिया, कणर्ालीमा एमाले यमलाल कँडेल र सुदूरपश्चिममा माओवादी केन्द्रका खगराज भट्ट संसदीय दलका नेता छन् ।सबै संसदीय दलको नेता सहमतिअनुसार संसदीय दलका नेता कुनै प्रदेशमा पुरै कार्यकाल र कुनै प्रदेशमा आलोपालोमा मुख्यमन्त्री बन्दैछन् । त्यसैगरी मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्नेछन् ।
प्रदेश सभामुख भागबन्डा ः दोस्रो दललाई धेरै र ठूलो दललाई न्युन
काठमाडौँ । सत्ता गठबन्धनको ठूलो दल एमालले दुई सभामुख र गठबन्धनकै दोस्रो दल माओबादीले ४ सभामुख पाउने सहमति भएको छ । सहमतिअनुसार राप्रपाले १ सभामुख पाउने छ । प्रदेश १ मा माओवादी केन्द्रको सभामुख र एमालेको उपसभामुख हुने छ ।
वाग्मती प्रदेशमा राप्रपाले सभामुख र एमाले उपसभामुख, गण्डकी प्रदेशसभामा सभामुख माओवादी केन्द्र र उपसभामुख एमालेले प्राप्त गर्ने छ । लुम्बिनीमा सभामुख माओवादी केन्द्र र उपसमाभुख राप्रपाले प्राप्त गर्ने छ ।
कणर्ाली प्रदेशमा एमालेले सभामुख र माओवादी केन्द्रको भागमा उपसभामुख परेको छ । सुदूरपश्चिममा माओवादी केन्द्रले सभामुख प्राप्त गर्ने छ । नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा प्रस्ताव गरिएको स्रोतले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीको दाबी गर्दै आएको छ ।


128 पटक हेरिएको 












