लर्ड बुद्धमा नयाँ नेतृत्व

पथरी । लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. पथरी शनिश्चरेको २३ औं वार्षिक साधारण सभाले नयाँं नेतृत्व सर्बसम्मत निर्वाचित गरेको छ ।

शनिवार भएको सभाले दोर्ण बहादुर खड्का (अध्यक्ष ), कुमारी शाही (उपाध्यक्ष ), प्रतिमान राई (सचिव), बालकुमारी तामाङ (सह–सचिव ) र योगेन्द्र भण्डारी (कोषाध्यक्ष) पदमा निर्वाचित गरेको छ ।सदस्यहरुमा पद्मा पवित्रा चौलागाईं, भीमप्रसाद भेटवाल, कृष्णप्रसाद निरौला, र रिना राई निर्वाचित भएका छन् । यस्तै लेखा समिति संयोजक पदमा निवर्तमान उपाध्यक्ष भोजराज चौहान सदस्य पदमा रविन कुमार राई र मिना तामाङ सर्वसम्मत निर्वाचित भए।

असोज २६ गते नै निर्वाचन मण्डलले निर्वाचित समितिको अन्तिम नामावली प्रकाशन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार