प्रवेग हाङस्रोङ जिताऔ अभियान

दमक(झापा)। कवि प्रवेग  हाङस्रोङलाई फाइनल विजेता बनाउनको लागि पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदापले “प्रवेग हाङस्रोङ जिताऔ अभियान” संचालन गरिएको छ । अभियानले दमकमा जारी कविताको रियालिटी शो  ‘मेरो कविता: द रिदम अफ पोएट्री’ को  विजेता बनाउनको लागि भोट गर्न अपिल गरेको हो ।`प्रिय सहयोगी मनहरुको सहायताले म टप ४ मा छु अब अन्तिम पटक सहयोग गरेर विजेता समेत बनाइदिनु हुन सम्पूर्णमा हार्दिक अपिल गर्द छु ।´ हाङ्श्रोङले भने `अब विजेता गराउन दर्शकको भोट अत्यन्तै महत्वपूर्ण रहेको छ। त्यसैले समर्थन गर्न voting code: jangabahadur hangsrong account no. 10905390000048 प्रयोग गरी भोट गर्नुहोस् ।´

शो मा अन्तिम चार प्रतिस्पर्धी कविहरू छनोट भएका छन् । फाइनलिस्टहरूमा  कबि हाङ्श्रोङका अलबा पाँचथरका सेसे थाम्सुहाङ, कचनकवल झापाका टोलीप्रसाद राजवंशी र पश्चिम सिक्किम भारतका सोनाम पाल्झोर रहेका छन् ।

आगामी चैत १६ गते हुने शो को  ग्रान्ड फिनाले मार्फत ‘मेरो कविता: द रिदम अफ पोएट्री’ले आफ्नो पहिलो विजेता घोषणा गर्ने निर्देशक क्षेत्रीले जानकारी दिए। महिनादेखि दमकको बेलडाँगीमा छाँयाङ्कन भइरहेको कविताको रियालीटी शो मा चौध प्रतिस्पर्धीहरू भोटिङ चरणमा पुगेका थिए।डिजिटल अडिसनमा भाग लिएका २ सय ५० कविहरूमध्ये आयोजकले ५० कविहरूलाई फिजिकल अडिसनमा निम्तो दिएको थियो। तिनै ५० कविहरूले विभिन्न चरणहरू पार गर्दै मेरो कविता रियालिटी शो को मञ्चले अन्तिम चार प्रतिस्पर्धी पाएको हो।

रियालिटी शोकमा कविहरु हेमन यात्री, सुमन स्मारिका, दधि अज्ञात र उत्तम तुम्सा शो को निर्णायक छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार