विपन्न नागरिकलाई खाद्यान्न वितरण

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित ‘वडा अध्यक्ष मेरो साथी कार्यक्रम’ शीर्षक अन्तर्गत विपन्न परिवार खाद्यान्न सामग्री वितरण कार्यक्रम गरेको छ ।

बुधबार वडा कार्यालयले वडाका २५ जना विपन्न परिवारलाई खाद्यान्नसँगै विपन्न परिवार खाद्यान्न कार्ड वितरण गरेको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडा अध्यक्ष भीम कुमार राई, वडा सदस्यहरु र वडाका विभिन्न राजनीतिक राजनीतिक दलका प्रतिनिधिहरुले संयुक्त रुपमा खाद्यान्न सामग्री वितरण गरिएको थियो । वडा सदस्य आरती विश्वकर्माले उपस्थित सबैलाई स्वागत राखिएको कार्यक्रममा नगर प्रमुख तुम्वापो, वडाध्यक्ष भीम राई र वडा सदस्य सुरेश कार्कीले आफ्ना भनाइहरू राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार