पथरी । पशुपंक्षी तथा मत्स्य विकास शाखा पथरी शनिश्चरे नगरपालिकाले माछा भुरा वितरण कार्यक्रमका लागि अनुगमन गरिएको छ ।
मंगलबार नगर उप–प्रमुख तथा अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको नेतृत्वमा माछा पालक कृषकहरूको १२ वटा पोखरीको स्थलगत अनुगमन गरिएको हो । अनुगमन टोलीमा वडा नं. ७ का वडाध्यक्ष तथा आर्थिक विकास समिति संयोजक उद्धवराज बस्नेत, योजना शाखा प्रमुख शिवकुमार राई, नगरका पशु चिकित्सक डा. आशिष देव तथा मत्स्य प्राविधिक जनक चौधरीको सहभागिता रहेको थियो । अनुगमनका क्रममा कृषकहरूले माछा पालनको अवस्था, पोखरीको व्यवस्थापन तथा अनुदान उपयोग सम्बन्धी जानकारी लिइएको जनाइएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत ५० प्रतिशत अनुदानमा माछाको भुरा वितरण गर्न लागेको छ ।


14 पटक हेरिएको 











