लागू औषध सहित ११ जना पक्राउ

विराटनगर । झापा, सुनसरी र पाँचथरबाट लागू औषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख १५ गते झापाको अर्जुनधारा नगरपालिका-११ बाट २९ ग्राम २९० मिलिग्राम ब्राउन सुगर र मे.१० प ९२९३ नम्बरको मोटरसाईकल सहित बेचबिखानमा संलग्न सोही स्थानका मन्दिप राई, उमेश तामाङ, अर्जुनधारा-४ का सनम खड्का, अर्जुनधारा-५ का ध्रुव कुमार दनुवार र बिर्तामोड-३ का विश्च राजवंशीलाई पक्राउ गरेको हो । त्यस्तै कोशी गाउँपालिका-१ बाट ८ ग्राम ५७० मिलिग्राम ब्राउन सुगरसहित उदयपुर बेलका-३ का प्रताप राई, त्रियुगा नगरपालिका-१२ का मोहमद इस्माइल र मोरङ कटहरी-४ का बिबेक कुमार मण्डललाई पक्राउ गरेको हो । धरान-११ बाट सोहि स्थानका सन्देश लिम्बुलाई १ ग्राम ४५० मिलिग्राम सहित पक्राउ गरेको हो ।

यसका साथै जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका-१ बाट ८६० मिलिग्राम ब्राउन सुगर सहित फिदिम-८ का अशोक गुरूङ र राजु तामाङलाई पक्राउ गरेको हो । लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको प्रहरीले थप अनसुन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार