पथरी । मुन्धुमी चुम्लुङ सांस्कृतिक विभाग पथरी शनिश्चरे-३ ले दुई पालाम गीत `सिकिम्बा तरेबा…´ र `याराकले मुधाक…´ सार्वजनिक गरेको छ ।

बिहीबार मिलन लिम्बू तथा दिलिप माखिम लाओती याक्थुङद्वारा प्रस्तुत दुईवटा पालाम गीत सिकिम्बा तरेबा…´ र `याराकले मुधाक…´ सार्वजनिक गरिएको छ । गत माघमा सम्पन्न चुम्लुङ्द्वारा आयोजित अन्तर्राष्ट्रिय येले साम्लो नाइसुम ५०८६ को लिम्बु विजेता र लाओती उपविजेता हुन् ।
`सिकिम्बा तरेबा…´ गीतमा मिलन लिम्बूले गायिकाको रूपमा र दिलिप माखिमले गायकको रूपमा स्वर दिएका छन् । उक्त गीतका शब्द कर्मिला आङ्देम्बेले लेखेकी हुन् भने लय यादन सेर्मा तथा रेकर्डिङ अशोक थापाले गरेका थिए ।
त्यस्तै `याराकले मुधाक…´गीतमा दिलिप माखिम र लाओती याक्थुङले स्वर भरेका छन् । यस गीतको शब्द सन्तोष तेरापे र संगीत सन्चमान ताम्लिङले तयार पारेका हुन् । दुवै गीतमा मिलन लिम्बू र मन्जु आङ्बुहाङले मुख्य अभिनय भूमिका निर्वाह गरेको देख्न सकिन्छ। आयन राई र विजय लिम्बूले प्रमुख सहयोगीको रूपमा रहेको दुबै गीतको निर्देशन मौशम परिवर्तन याक्थुङबाले गरेको वताइएको छ। गीतहरूको छायाङ्कन सिक्किमका विभिन्न रमणीय स्थानहरूमा गरिएको जनाइएको छ।
भिडियो कर्मिला सेर्मा आङ्देम्बे युटयुबमा र एचके आर प्रेजेन्ट्बाट सार्बजानिक गरिएको छ ।


12 पटक हेरिएको 











