जबर्जस्ती करणी आरोपमा लेटाङबाट १ जना पक्राउ

लेटाङ(मोरङ) । मोरङको लेटाङ नगरपालिका–९ मा महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १६ गते रातिको समयमा लेटाङ–९ स्थित एक घरमा बस्दै आएकी महिलामाथि सोही स्थानका ३४ वर्षीय गंगा बहादुर गुरुङले पीडितको इच्छाविपरीत जबर्जस्ती करणी गरेको भन्ने उजुरी परेको थियो। पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले आरोपित गुरुङलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि जबर्जस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार