भागीरथ माविमा मूल प्रवेशद्वारको शिलान्यास

शनिश्चरे(मोरङ )। भागीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे-४ मा आकर्षक नयाँ मूल प्रवेशद्वार निर्माण हुने भएको छ।

विद्यालयका पूर्व विद्यार्थी विष्णुकुमार सुब्बा लिम्बू र उहाँकी धर्मपत्नी भूमिका राई सुब्बाको सहयोगमा निर्माण हुन लागेको प्रवेशद्वारको शिलान्यास गरिएको हो । प्रवेशद्वारको शिलान्यास पथरी शनिश्चरे नगरपालिका–४ का वडाध्यक्ष लोकनाथ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद मिश्र, विद्यालयकी प्रधानाध्यापक जानकी चेम्जोङ र दाता भूमिका राई सुब्बाले संयुक्त रूपमा गरेका हुन् । भूमिका राई सुब्बा पञ्चायत माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत छिन् ।

विद्यालयको मूल प्रवेशद्वार निर्माणले विद्यालयको भौतिक सौन्दर्य र पहिचानमा थप आकर्षण ल्याउने अपेक्षा गरिएको छ। साथै, पूर्व विद्यार्थीहरूले आफूले शिक्षा आर्जन गरेको विद्यालयप्रति देखाएको माया, अपनत्व र सामाजिक दायित्वको समेत उदाहरणका रूपमा यस योगदानलाई लिइएको छ।

भागीरथ माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले विद्यालयको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएकोमा दाता परिवारप्रति हार्दिक आभार व्यक्त गरेको छ। समाजले पूर्व विद्यार्थीको यस्तो सहयोगले विद्यालयको भौतिक विकासमा टेवा पुग्नुका साथै वर्तमान तथा भावी विद्यार्थीहरूलाई पनि आफ्नो विद्यालयप्रति जिम्मेवार र सहयोगी बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ। विद्यालयको विकासमा पूर्व विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको सहकार्य महत्वपूर्ण हुने विद्यालय पक्षले जनाएको छ। विद्यालयको भौतिक संरचना विकासमा आगामी दिनमा पनि समुदाय तथा पूर्व विद्यार्थीहरूको सहयोग र सहकार्यलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार