पथरी । मोरङको पथरी शनिश्चरेमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप–२०८३ आजदेखि सुरु हुदैछ ।
क्लबका सचिब केशब राईका अनुसार पथरी रंगशालामा जाँते मोडमा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक पथरी ११ फुटबल क्लब र भारतको युकेएफसीबिच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरूसहित भारतको एक क्लब गरी ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।गोल्डकपमा नेपाल पुलिस फुटबल क्लब, थ्रीस्टार क्लब ललितपुर, एनआरटी क्लब, रेडहर्स इलाम, सहलेस युथ क्लब सिराह, झापा ११, युकेएफसी भारत र पथरी ११ फुटबल क्लब सहभागी हुदैछ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिताले प्रतियोगिता प्रतिस्पर्धात्मक र आकर्षक हुने अपेक्षा गरिएको छ। प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ र उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपयाँ प्राप्त गर्ने जनाइएको छ।


16 पटक हेरिएको 












