पथरी (मोरङ) । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप—२०८३ मा आयोजक पराजित भएको छ।
शनिबार भएको उद्घाटन खेलमा आयोजक पथरी ११ एफसीलाई सडन डेथमा युकेएफसी कर्साङ भारत विजयी बन्यो । खेलको सुरुवातमै पानी पर्यो । खेल अवधिभर दुवै टिमबाट गोल हुन सकेन । ट्राइव्रेकरमा ४ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिनुपरेको थियो । खेलको म्यान अफ द म्याच विजेता युकेएफसी भारतका गोल रक्षक सचिन गुरुङ घोषित भए । गुरुङले टाइव्रेकरमा २ गोल रोकेका थिए ।
भोलिको खेल न्युरोड टिम (एनआरटी) काठमाडौं र सहलेस युवा क्लव सिराहावीच प्रतियोगिता हुने आयोजक समितिका सचिव केशर राईले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले ६ लाख, उपविजेता टिमले ३ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरणहुने छ ।


14 पटक हेरिएको 












