सुलिकोटदेखि मुन्धुम पदमार्गसम्मलाई सम्झदा

ऐतिहासिक पद यात्रा (मिति: २०८३-७-७)

समय ११ : ४३ मा अचानक मेरो मोबाइलमा फोनको रिङ बज्छ । झट्ट हेर्छु सामाजिक अभियन्ता विष्णु थामदेन सरको कल रहेछ।`हेलो लु १:०० बजे तल्लो सुलिकोट चिण्डे डाँडा हुँदै माथिको सुलिकोटदेखि मुन्धुम मार्गको पदयात्रा छ जानु पर्छ है त !´
`हवस् !´फोन राखियो ।
`ठिक १:०० बजे हामी रेडि भयौँ तपाईं कता ?…´ उहि परिचित सरको फोन।
मेरो : `हवस्´  स्विकारोक्ति।
ठिक १:१० उहि पुरानो जक्सन कुखुरा लाईन सब्जिबजार ।
त्यहाँ पुग्दा अघि नै विष्णु थाम्देन सर, अभियन्ता समृत मादेन, अभियन्ता नारायण आङ्लाबाङ र डा. कमल तिगेला हुनुहुँदोरहेछ।
१:३७ मा अभियन्ता हितराम तिलिङ र अभियन्ता अमित थेबेको उपस्थिति भयो।
१:४२ मा हाम्रो यात्रा कमल सरसंग विदा माग्दै ३ बाइकमा महेन्द्र कलेजलाई साक्षी राखेर उत्तरतर्फ लाग्यौँ।

धुलाम्मे बाटोलाई सारथी बनाएर हामी चिण्डेडाँडा पुग्यौँ। त्यहाँ भन्दा माथि केहि नपाईने भएकाले पानी खाजाको जोहो गरी हामीले सिधै मुन्धुम मार्गको अत्यन्तै कठिन उकालो बाटोतिर बाइक हाँक्यौँ।
मुन्धुम मार्गको गेटमा हामी ओर्लिएर सिधै उकालो घोडेटो बाटो लाग्यौँ ।
ढुङ्ग्यान उकालो बाटोमा हाम्रो यात्रा निकै धिमी गतिमा अगाडि बढिनै रहयो । बाटामा साकाहारीं, मांशहारी सबैखाले गफ गर्दै ५४ मिनेटको यात्रापछि हामी गन्तब्यमा पुग्यौँ ।
चुचुरोमा पहिलो पाईला टेक्ने टोली नेता बिष्णु सर पर्नु भयो, दोस्रोमा म स्वयम् र एबम रितले साथीहरू पुगे । चोरबाटो छड्किएर विष्णु सर पुग्नु भएकोमा हल्का मजाकसहित दाबी बिरोध चलेपछि फोटो सेसन सुरु भयो।
बिहान छ बजे नै धरानबाट हिँडेका मसिना भुराभुरीहरू अघि पुगेका रहेछन् । उनीहरूसंग संयुक्त फोटो सेसनपछि, हामी एक्छिन त्यहिँ यता उता टोलायौँ। धरानदेखि, विजयपुर हुँदै ,धनकुटाका आधा भन्दा धेरै स्थानहरू जस्तै भेडेटार, सागुरिगढी, पाथिभरा, धनकुटा बजारदेखि सप्तकोसी सम्मको अवलोकन गरिसक्यौँ ।
४ :३० मा हाम्रो यात्राले कोल्टे मोड लिँदै हामी उहि भेज, ननभेज, सामाजिक राजनैतिक सबै खाले खिचडि गफ गर्दै ओरालो झर्यौँ।

बाटैमा पर्ने सुलिकोटमा एकछिन निस्किएर हामी, साँझको गोधुली मौसममा हराउँद़ै ६:३० मा स्टेडियम छेउको चिया पसलमा पुग्यौँ। दिनभरिको प्रगति बिबरणको गफसंगै, थकित शरीर लिएर सन्ध्याकालीन बिदा माग्दै आआफ्नो गन्तब्यमा लाग्यौँ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार