तस्वीर: पीएलटिभी
पथरी । पाँचौँ सिरिजङ्घा वडाध्यक्ष खुला नकआउट फुटबल प्रतियोगितामा लेटाङको सुकेचौरी एफसी विजयी भएको छ। सुकेचौरीले डिफेन्डिङ च्याम्पियन मंगलबारे एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। बुधबार भएको सिरिजङगा खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सुकेचौरीका रोहन गुरुङले निर्णायक गोल गरे। खेलको १०औँ मिनेटमा गुरुङले गोल गरे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुकेचौरीका प्रवेश बस्नेत म्यान अफ द म्याच घोषित भए।
सिरिजङ्गा स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा आठवटा फुटबल टोली सहभागी छन् । बिहीबार एलएक्स सिटी एफसी बेलबारी र टाडी स्पोर्टिङ क्लब मिक्लाजुङबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुनेछ।
कात्तिक १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ।


30 पटक हेरिएको 












