मन्त्रालय भागबण्डा टुंगियो: गृहमन्त्री लामिछाने

 183 पटक हेरिएको

काठमाडौँ । सत्तारूढ दलहरूको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिएका छन । यद्यपि कुन पार्टीलाई कति मन्त्रालय दिने भन्नेबारेमा भने उनले केही खुलाएनन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको उनले बताए । उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ । उनले भने `कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौै । भोलि एक बजे अघि टुंग्याउँछौ । केही चेन्ज भएछ भने सल्लाहमा हुन सक्ला ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार