उपसभामुखमा राई र दनुवारको उम्मेदवारी

विराटनगर । प्रदेश १ उपसभामुखमा नेपाली कांग्रेसकी ६२ वर्षीया लिलाकुमारी राई र सत्तारूढ एमालेकी ४६ वर्षीया सिर्जना दनुवारले उम्मेदवारी दर्ता गराएका छन् । दुबै जना उदयपुरबाट समानुपातिक सांसद बनेका हुन् । राईको प्रस्तावकमा कांग्रेसकी खगेश्वरी पौडेल र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की विद्या चाम्लिङ राई समर्थक रहेका छन् ...