विराटनगर । प्रदेश १ उपसभामुखमा नेपाली कांग्रेसकी ६२ वर्षीया लिलाकुमारी राई र सत्तारूढ एमालेकी ४६ वर्षीया सिर्जना दनुवारले उम्मेदवारी दर्ता गराएका छन् ।
दुबै जना उदयपुरबाट समानुपातिक सांसद बनेका हुन् । राईको प्रस्तावकमा कांग्रेसकी खगेश्वरी पौडेल र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की विद्या चाम्लिङ राई समर्थक रहेका छन् ।
दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ छन् ।
प्रदेश उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजेका लागि तोकेका छन् ।


107 पटक हेरिएको 








