सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुने बताएका छन् । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन स्वीकार गर्नुहुँदै यस्तो बताएका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले आफू दोस्रो पटक प्रध...