काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुने बताएका छन् । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन स्वीकार गर्नुहुँदै यस्तो बताएका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि सूचनाका हक बारे केही महत्वपूणर् योगदान गरेको स्मरण पनि गरे । उनले भने, ‘शासन प्रणालीमा जनताको नियन्त्रण निगरानी र हस्तक्षेप बढाउने कुरा सूचनाको हकसँग प्रत्यक्ष रुपले जोडिएको छ । जतिधेरै जनताका सूसुचित हुन्छन् र पारदर्शिता अपनाइन्छ त्यति नै विकृति र विसंगतिलाई रोकथाम गर्न सकिन्छ ।’
जनताको सूचनाको हक स्थापित र प्रवद्र्धन गरेर नै समाजमा अव्यवस्था, अराजकता र अनुशासनहिनता हटाउन सकिने उल्लेख गर्दै त्यसतर्फ गम्भीर र जिम्मेवार हुनैपर्नेमा जोड दिए । उनले भने, ‘जतिधेरै सूचना सम्प्रेशण गर्ने र सूचनाको हक जनतालाई दिलाउन सक्यो त्यतिधेरै सुशासन कायम हुन्छ र त्यसले एउटा देश विकासको वातावरण बन्छ ।’ सो अवसरमा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तहरु रत्नप्रसाद मैनाली र कमला ओली थापा सहित आयोगका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो


134 पटक हेरिएको 








