विराटनगर । हिसान स्पोट्र्स मिटको ११ औं संस्करणको क्रिकेटमा कान्तिपुर कलेज र विकेभिएम कलेज तथा फुटबलमा रेड स्टार कलेज, जनक मेमोरियल कलेज र शिक्षादीप कलेज तथा भलिबल मोर्डन एरा र अर्किड कलेज मा विजय भएका छन् । बुधबार वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा कान्तिपुर कलेजले मेरिल्याण्ड कलेजलाई ५७ रनले पराजित गरेको छ । ...






