हिसान स्पोट्र्स मिट: क्रिकेटमा कान्तिपुर र विकेभिएम फुटबलमा रेड स्टार, जनक मेमोरियल र शिक्षादीप तथा भलिबलमा मोर्डन एरा र अर्किडलाई सफलता

विराटनगर । हिसान स्पोट्र्स मिटको ११ औं संस्करणको क्रिकेटमा कान्तिपुर कलेज र विकेभिएम कलेज तथा फुटबलमा रेड स्टार कलेज, जनक मेमोरियल कलेज र शिक्षादीप कलेज तथा भलिबल मोर्डन एरा र अर्किड कलेज मा विजय भएका छन् ।
बुधबार वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा कान्तिपुर कलेजले मेरिल्याण्ड कलेजलाई ५७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ३ विकेट १ सय ४५ रनको विशाल योगफल तयार पारेको थियो । जस्मा म्यान अफ द म्याच राज वर्माले अविजित ५४ रन बनाउँदा नवराज संग्रौलाले अविजित ३१ रन र भोला सेठले २७ रनको गोगदान दिए । मेरिल्याण्डका अविजित राँय र अभय मण्डलले १–१ विकेट लिए । जवाफमा १ सय ४६ रनको विशाल लक्ष्य पछ्याएको मेरिल्याण्डले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाई ८७ रनमा बनायो । जस्मा मिथलेश पोद्धारले सर्वाधिक २१ रनको योगदान दिए । कान्तीपुरका अविशेक मण्डलले २ विकेट लिए । दोस्रो खेलमा विकेभिएम कलेजले कोबास कलेजलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कोबासले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाई ९७ रनको समान्य योगफल खडा गरेको थियो । जस्मा दिपेश मण्डलले २२ रनको योगदान दिए । विकेभएमका म्यान अफ द म्याच विक्रम मेहताले ४ विकेट लिँदा विजय यादवले पनि ३ विकेट लिए । जवाफमा ९८ रनको सामान्य योगफल पछ्याएको विकेभिएमले १३ ओभरमा ३ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको छ । जस्मा शिभम यादवले २२ रनको योगदान दिए । कोवासका अभय यादव र दिपेश मण्डलले १–१ विकेट लिए ।
त्यस्तै आजै विराटनगरको शहिद मैदानमा भएको फुटबलको पहिलो खेलमा पथरीको रेड स्टार कलेजले विराटनगरको लर्डबुद्ध कलेजलाई ४–१ को गोल अन्तरले पराजित गरेको छ । रेड स्टारका म्यान अफ द म्याच सुरज लिम्बुले ह्याट्रिकसहित ३ गोल र संजोग राईले १ गोल गर्दा पराजित लर्डबुद्धका अनुज ताजपुरियाले १ गोल फर्काए । दोस्रो खेलमा ग्रमथानको जनक मेमोरिय कलेजले विराटनगरको कान्तिपुर कलेजलाई पेनाल्टी सुट आउटमा ३–१ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित मिनेटमा दुवै टिमले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । खेलको म्यान अफ द म्याच जनकका गोलकिपर जिवनकुमार सरदार थारु घोषित भए । तेस्रो खेलमा शिक्षादीप कलेजले अरनिको कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ । खेलको एकमात्र निर्णायक गोल शिक्षादीपका बुद्ध श्रेष्ठले गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
बुधबार भएको भलिबलको पहिलो खेलमा छात्रतर्फ मोर्डन एरा कलेजले कोशी क्याम्पसलाई २–१ को सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच मोर्डन एराका अर्जुन दंगाल घोषित भए । त्यैसे गरि छात्रातर्फ अर्किड कलेजले पथरीको रेड स्टार कलेजलाई २–१ को सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच अर्किडकी राशिका परियार घोषित भइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार