काठमाडौ । “एक हप्ते चलचित्र निर्माण कार्यशाला–२०८३” सफलतापूर्वक सम्पन्न भएको छ । दरबार रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस, तिखेदेवल, ललितपुरमा आज कार्यशालाको समापन गरि कार्यक्रम सम्पन्न भएको हो । नेपाल सरकार, चलचित्र विकास बोर्डको आर्थिक सहयोगमा सञ्चालित कार्यशालाले याक्थुङ सभ्यता, मुन्धुम, मौलिक संस्कृति र चलचित्र स...






