पाराबारी(झापा) । शिवसताक्षी नगरपालिका वडा नं ३ को भेट्रान क्लबले प्रथम पटक भेट्रान कप फुटबल प्रतियोगिता गर्ने भएको छ। शिवसताक्षी वडा नं ३ मा रहेको पाराबारी बजारमा पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष मनकुमार लिम्बु (तारा) ले प्रतियोगीता बारे जानकारी गराएका हुन् । आगामी असोज २४ देखि ७ दिनसम्म भानु मा. वि. को खेल मैदानम...






