पाराबारी(झापा) । शिवसताक्षी नगरपालिका वडा नं ३ को भेट्रान क्लबले प्रथम पटक भेट्रान कप फुटबल प्रतियोगिता गर्ने भएको छ। शिवसताक्षी वडा नं ३ मा रहेको पाराबारी बजारमा पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष मनकुमार लिम्बु (तारा) ले प्रतियोगीता बारे जानकारी गराएका हुन् ।
आगामी असोज २४ देखि ७ दिनसम्म भानु मा. वि. को खेल मैदानमा संचालन हुने प्रतियोगितामा झापा जिल्लाका मेची नपा, भद्रपुर नपा, बिर्तामोड नपा, कन्काई नपा, दमक नपा, आयोजकको तर्फ २ टिम र मोरङको उर्लाबारी नपाको अतिथि टिम सहित ८ वटा टिमको सगभागीता रहने आयोजकले जानकारी दिएको छ।
अनुमानित ४ लाख बजेटको सो प्रतियोगीतामा प्रथम पुरस्कार ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५० हजार, दोस्रो पुरस्कार ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद रु ३० हजार रहेको आयोजकले जानकारी दिएको छ। इन्ट्री फि निशुल्क गरीएको सो प्रतियोगितामा प्रत्येक खेलबाट म्यान अफ दि म्याच छनौट गरी आकर्षक पुरस्कार प्रदान गरीने साथै वेष्ट स्कोर, वेष्ट किपर र म्यान अफ दि सिरिजलाई समेत ट्रफि मेडल र प्रमाणपत्र सहित आकर्षक नगद पुरस्कार वितरण गरिने वडाका जनप्रतिनिधि समेत रहेका खेल संयोजक लासाङ दोर्जे तामाङ्ले जनाएका छ्न। वडाका वडाध्यक्ष भाष्कर न्यापानेले प्रथम पुरस्कार राशी वडा कार्यलयले उपलब्ध गराउने प्रतिबद्दता जनाए । दोस्रो पुरस्कार राशी हाल वैदेशिक रोजगारमा रहेका स्थानीय समाजसेवी डम्बर पयाङगुले उपलब्ध गराएको आयोजकले जानकारी दिएको छ।
नगरहरुबीच अन्तर सम्बन्ध सुमधुर बनाउने, सामाजिक सद्भाव कायम राख्ने र लागु औषध न्युनिकरण गर्ने लगायतका उदेश्य राखी सो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लिम्बुको दाबी रहेको छ।


78 पटक हेरिएको 








