पथरी। मोरङको पथरी शनिश्चरेमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधि पथरी शनिश्चरे २ ले रक्षा गरेको छ। सोमबार भएको फाइनल खेलमा पथरी शनिश्चरे वडा नं ४ लाई २-१ गोल अन्तरको जीत निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । पहिलो हाफको १० औं र १८ औं मिनेटमा गोल गर्दै वडा नम्बर २ का मदन राईले विपक्षीलाई पछि पारे । टिम क...






