पथरी नगर अस्पतालमा थाइराईडको जांच सूरु

पथरी । मोरङको पथरी शनिश्चरेस्थित नगर अस्पतालले थाइराईडको जांच सूरु गरेको छ ।

आज नगर प्रमुख मोहनप्रसाद तुम्वापोले नगर अस्पतालमा आधुनिक ल्याब मेसिनमार्फत संचालन हुने थाइराईड समस्याको जांचको उद्घाटन गरेका हुन । नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, अस्पताल रेखदेख समितिका अगुवा एवम् जग्गादाता बाबुराम राई सहितको सहभागितामा परीक्षण थालिएको हो । अस्पतालले २४ सै घन्टा आकस्मिक सेवा संचालन गरेपछि स्थानीयलाई अझ राहत पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार