माङ्सेबुङ(इलाम)। किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा ‘आत्मानन्द कप’ १५ औं संस्करण पुरुष फुटबल प्रतियोगिता २०७९ मंसिर ९–१७ आयोजना हुने भएको छ । नेपाल र भारतका आठ प्रतिष्ठित क्लबहरुको सहभागीमा माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा संचालन हुने आयोजक किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मन प्रसाद आङबुहाङले जानकारी दिए ।
कपमा एच.एफ.सि. सुनसरी, छथर गाउँपालिका तेह्रथुम, कर्णसिं सोनाम एफ.सिं ताप्लेजुङ, तिजोक युबा क्लब, पान्थर, चारतारे युवा क्लब, मोरङ, जलथल एफ.सि. झापा, माङसेबुङ गाउँपालिका र भारतको दार्जिलिङबाट एम.एफ.सि. सहभागी हुने निश्चित भएको छ ।
विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने अध्यक्ष आङबुहाङले बताए । कपको अतिरिक्त म्याराथुन, पक्लुङ लेप्मा (छेलो हान्ने), कराँते लगायतका खेल आयोजना हुने भएको छ । आत्मानन्द कप दुईसाल यता इलाम जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल खेलको रुपमा रहेको छ । इलाममा सदरमुकाम आयोजना हुने माइभ्याल्ली कप केही साल यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो पुरस्कार राशीको कपको रुपमा रहेको छ । आत्मनन्द कप को १४ औ सस्करण माङसेबुङ गाउँपालिकाको टिमले जितेको थियो । 


126 पटक हेरिएको 









