विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले प्रदेश नं. १ को प्रदेश सभा सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईलाई शपथग्रहण गराएका छन् ।
नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक तथा सुविधासम्बन्धि ऐन, २०७५ को दफा १९ बमोजिम पद तथा गोपनियताको शपथ गराएका हुन् ।


118 पटक हेरिएको 









