विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले पुस १७ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका छन् । प्रदेश १ मन्त्रिपरिषद्को सोमबारको बैठकले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निणर्य गरेको थियो। संविधानको धारा १८३ को उपधारा (१) अनुसार प्रदेश प्रमुख खापुङ्ले प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका हुन ।


129 पटक हेरिएको 











