काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । जसपा प्रचार विभाग प्रमुख पूणर् बस्नेतका अनुसार पार्टी विधान अनुसार संसदीय दलको निर्वाचनका लागि बुधबारका लागि चुनावी कार्यतालिका सार्वजनिक भएको हो । जसपाले नेता मिथिलेशकुमार सिंह (संयोजकत्व) तथा अर्जुन थापा (सदस्य) र दीपेन्द्र झा (सदस्य)रहेको संसदीय दल निर्वाचन समिति गठन गरेको छ ।
जसपा संसदीय दलको नेतामा संघीय परिषदका अध्यक्ष अशोक राईसँगै केही कार्यकारिणी सदस्यले दाबी गर्दै आएको छ । बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको समय दिइएको छ ।
निर्वाचन तालिका अनुसार बुधबार दिउँसो १२ बजेदेखि १२ः३० सम्म उम्मेदवारको नामावली प्रकाशन, १ः३० बजेसम्ममा नाम फिर्ता, दिउँसो २ बजेसम्ममा दाबी विरोध र २ः३० बजेसम्म नामावली प्रकाशन गर्ने उल्लेख गरिएको छ। संसदीय दलको नेताका लागि बुधबार दिउँसो २ः३० देखि ३ः३० सम्म मतदान हुनेछ।


174 पटक हेरिएको 









