जेष्ठ नागरिकलाई इलेक्ट्रिक जग

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ ले वडाका जेष्ठ नागरिकहरुQलाई इलेक्ट्रिक जग वितरण गरेको छ ।
शुुक्रबार वडा कार्यालयमा १ सय ५० जना ७९ वर्ष नाघेका वडाबासीहरुलाई १.८ लिटरको जग प्रदान गरिएको हो । जाडोको समयमा वृद्ध वृद्धालाई पानी तताएर पिउन सहज होस् भन्ने हेतुले जग बाढिएको वडा अध्यक्ष नैना राईले जानकारी दिए । नगर उप-प्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यमा जग वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार