रचना र म्युजिक भिडियो सार्वजनिक

बेलबारी । साहित्यिक रचना पत्रिका बेलबारी विशेषाङ्क र बालक गुरुङद्वारा रचित गीतको म्युजिक भिडियोको एक कार्यक्रम बिच सार्वजनिकिकरण गरिएको छ ।
शुक्रबार बेलबारीमा रचना पत्रिका बेलबारी विशेषाङ्क र बालक गुरुङद्वारा रचित गीतको म्युजिक भिडियोको सार्वजनिकिकरण बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले गरे । राईले बेलबारीको भाषा, साहित्य र संगितको क्षेत्रमा एउटा विशिष्ट कार्य भएको बताए । बेलबारीको भाषा, साहित्य, कला, सँस्कृतिको अनुसन्धान, संरक्षण र प्रवर्धनका लागि बेलबारी प्रज्ञा प्रतिष्ठानको गठन भएकाले सोहि क्षेत्रमा उत्कृष्ट कार्य हुने अपेक्षा उनले राखे । पत्रिकामा ४८ जना बेलबारीका सर्जकहरुद्वारा लेखिएको लेख रचनाहरु समावेश गरिएको छ । ै बालक गुरुङको “मोरङ जिल्ला बेलबारी नगर” बोलको गीतमा राजेश पायल राईको स्वर रहेको छ भने भिडियो गीतमा बेलबारीको समग्र बिषय वस्तुहरुलाई समेटिएको छ ।
बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विशिष्ट अतिथि रचना द्वैमासिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरे, वरिष्ट साहित्यकार तथा पूर्व संसद हर्कमान तामाङ, संविधानसभा सदस्य तथा साहित्यकार मधु गुरुङ, साहित्यकार तथा अन्वेषक अनिल पौडेल विशिष्ट अतिथि रहेका थिए । वरिष्ट साहित्कार ईरानराई, स्रष्टा समाज, बेलबारीका अध्यक्ष जेवी थुलुङ, बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला लेकाली, गितकार बालक गुरुङले समेत मन्तव्य राखेका थिए ।बेलबारी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको ओैचित्यबारे उपाध्यक्ष अजितकुमार धिमाल, धन्यवाद ज्ञापन उपाध्यक्ष हिमांशु राय र सचिव कुलप्रसाद बरालले कार्यक्रम सन्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार