काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदहरूले केके गर्ने भन्नेबारेमा जानकारी गराइएको सचेतक रमेश लेखकले बताएका छन् । पार्टीको संसदीय दलको अर्को बैठक पुस २६ गते बिहान ९ बजे बस्ने जानकारी गराउदै उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा भने २६ गतेको संसदीय दलको बैठकले निर्णय गर्ने जानकारी गराए ।
शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टीका सांसदहरूलाई प्रतिनिधि सभाको पहिलो बैठकमा उपस्थित हुन तयारीका लागि निर्देशन दिएको हो । प्रमुख सचेतक लेखकले सिङ्गो पार्टी एकबद्ध भएर प्रतिनिधि सभामा सशक्त भूमिका निर्वाह गर्ने बताए । बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठुलो राजनीतिक दल बनाएको जनतालाई धन्यवाद दिने निणर्य गरेको छ भने संविधान सभा सदस्य प्रतिनिधि सभाको पूर्व सांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।
यस्तो छ नेपाली काग्रेंस संसदीय दलको बैठकको निर्णय



135 पटक हेरिएको 









