विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले एमाले नेता हिक्मतकुमार कार्कीलाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता समेत रहेका ५८ वर्षीय हिक्मतकुमार कार्की नियुक्तलाई गरेका हुन् ।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् ।
नव नियुक्त मुख्यमन्त्री कार्कीलाई ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थन गरेका छन् । कार्कीले सोमबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी गराए ।


153 पटक हेरिएको 












