पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर सातमा आइतबार पथरी शनिश्चरे नगरपालिकाको पशुपन्छी बिकास शाखाले एक दिने पशुस्वास्थ्य तथा बाझोपन निवारण शिवर सम्पन्न गरेको छ ।
शिविर उदघाटन कार्यक्रममा वडा अध्यक्ष उद्धब बस्नेत, नगरपालिकाका पशु चिकित्सक डा. सबल पोख्रेल, पारा भेटरिनरी एसोसिएसन नगर अध्यक्ष अर्जुन काफ्लेलगायतले शिविरको आबस्यकता बारे बोलेका थिए ।
वडा कार्यालयमा आयोजना भएको शिविरबाट वडाको २ सय ३४ घरपरिवारले लाभ लिएको शाखा प्रमुख पर्वत साहले जानकारी दिएका छन । सो शिविरमा पशुलाई परजिवि बिरुद्धको औषधी बितरण गर्नुका साथै भाले पशुको बन्धकरण बाझोपन निदान तथा उपचार गरिएको साहले जानकारी दिए । मंगलबार वडा नम्बर ३ मा शिविर आयोजना हुने भएको छ ।


129 पटक हेरिएको 









