पथरी । लर्ड बुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरी शनिश्चरेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
आज सोमबार संस्थाको कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा पथरीशनिश्चरे नगरका १ सय जनाले रक्तदान गरेको संस्थाका व्यवस्थापक गणेश कुमार राईले जनाए । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी प्राविधिक सहयोगमा भएको रक्तदानमा स्थानीय निजी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी, उद्योगी व्यवसायी, सहकारीकर्मीहरु, बुद्धिजीवी, समाजसेवी, पत्रकारहरुसहितले रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए ।


161 पटक हेरिएको 












