विराटनगर । जनता समाजवादी पार्टी नेपालकी राजनीति समिति सदस्य निर्मला लिम्बूले सबैको अपनत्व हुने संविधान आवश्यक भएकोले संविधान संशोधन गर्न जरूरी रहेको बताएकी छिन् ।
प्रदेश १ प्रदेशसभाको मंगलबार बसेको दोस्रो बैठकमा प्रदेश सभा सदस्य समेत रहेकी विना विभागीय मन्त्री लिम्बुले सो कुरा बताएकी हुन् । संघीयतालाई अझै बलियो बनाउनु पर्नेमा उनले जोड दिइन् । बैठकमा शीर्ष नेताले सम्बोधन गरेका थिए । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की, काँग्रेस संसदीय दलका नेता उद्धब थापा, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्रकुमार राई, एमालेको तर्फबाट सांसद रामबहादुर राना मगर, राप्रपाका सांसद अम्बरबहादुर विष्टले सम्बोधन गरेका थिए ।


199 पटक हेरिएको 












