अनुभवी मुख्यमन्त्री यादब को हुन्?

जनकपुर । मदेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री सरोजकुमार यादब को हुन् ? बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री पदमा नियुक्त गरैसँगै कतुहुलता जाग्नु स्वभाविककै हो ।
जनता समाजवादी पार्टी जसपाका संसदीय दलका नेता हुन्, सरोजकुमार यादव । उनलाई सत्तारूढ गठबन्धन र स्वतन्त्र एकसमेत गरी ६३ सांसदको समर्थन छ । सत्तारूढ गठबन्धन दलहरूबीच मधेस प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री जसपालाई दिने सहमतिअनुसार मुख्यमन्त्री बने ।
कुल १ सय ७ सांसद रहेको मधेश प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ। गठबन्धनमा आबद्ध नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग कुल ६२ सांसद छन्। बारा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट १५ हजार ९ सय २७ मत ल्याएर विजय बनेका यादब संघीय सरकारमा दुईपटक राज्यमन्त्री र मधेस प्रदेशका सभामुख भइसकेका छन । एमाले र जसपाबीचको चुनावी तालमेलमा उनी प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७४ मा तत्कालीन राजपाबाट प्रदेश सभामा यही क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट राजनीति सुरु गरेपछि जसपामा प्रवेश गरी उम्मेदवारी दिएका थिए । दोस्रो पटकको चुनावमा उनको क्षेत्रमा गत मंसिरको चुनावमा वाम लोकतान्त्रिक गठबन्धन थिएन । कांग्रेस र नेकपा एसको छुट्टै उम्मेदवारसित प्रतिस्पर्धा गरी ४ हजारभन्दा बढी मतान्तरले नजिकका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नागेन्द्र साहलाई पछि पार्दै विजयी भएका थिए । २४ वर्षकै उमेरमा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दापढ्दै तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा पहिलो पटक निर्वाचित भए । २०५९ सालसम्म उनी गाविस अध्यक्ष हुँदा लोकप्रियता कमाएका थिए ।
२०३० सालमा जन्मिएका उनी हाल ५० वर्ष पुगेका उनी सिम्रौनगढ नगरपालिका-३ नयका टोला निवासी हुन् । गाँउ आसपासमा समाजसेवीको रुपमा परिचित छन् । गाउमै गन्नेमान्ने धनाढ्य परिवारमा उनका स्वर्गीय पिता प्रमानन्दप्रसाद यादव पनि पञ्चायतकालमा गाउँ पञ्चायतका मुखिया हुँदै प्रजातन्त्रपछि सद्भावना पार्टीका नेता थिए । सद्भावना पार्टीका उनी महासचिव थिए । राजपाका राष्ट्रिय उपाध्यक्ष बनिसकेका उनले प्रवीणता प्रमाणपत्र तह (आईएससी) सम्म अध्ययन गरेका हुन् । उनले २०६४ सालको पहिलो संविधानसभा सदस्य बने । बारा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सद्भावना पार्टीबाट निर्वाचित भए । पुष्पकमल दाहाल र बाबुराम भट्टराई नेतृत्वको सरकारमा सद्भावना पार्टीबाट उनी पहिलो पटक संघीय स्वास्थ्य राज्यमन्त्री र दोस्रोपटक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बने । २०७० मा भने आम निर्वाचनमा भने पराजित भए । पाँच वर्षसम्म सभामुखको अनुभव बटुलेका उनको कार्यकाल कस्तो हुन्छ ? त्यो हेर्न बाकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार