माङसेबुङ(इलाम)। किरात सहिद कृतिमान एवाई स्मृति कप नाम्बिन लालिगुराँस युबा क्लब मझुवाले हात पारेको छ ।
आत्मा पवित्र हक्चात यक्चुमले आयोजना गरेको कपको फाइनलमा मझुवाले खानिटार क्लबलाई १-० गोल अन्तरले पराजित गरी उपाधि रक्षा गरेको हो । कपको उत्कृष्ट खेलाडी प्रदिप राई, उत्कृष्ट डिफेन्डर दिलहाङ लिम्बु, किपर भिष्म लिम्बु, सर्बाधिक गोलकर्ता बिक्रम लिम्बु र अनुशासित खेलाडी सनम लिम्बु घोषित भएका छ्न ।


195 पटक हेरिएको 








