गौरादह(झापा) । माउन्ट एभरेष्ट बोर्डिङ स्कुल गौरादह झापाको बसको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ।
जिल्लाको गौरादहस्थित जनता माध्यमिक विद्यालय अगाडि बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा स्थानीय ७२ वर्षिया महिलाको मृत्यु भएको हो।
प्रहरीकाअनुसार वडा न.१ मा रहेको जनता माध्यमिक विद्यालय नजिक मे.१ ख २६७६ नम्बरको स्कुल बसले पैदलयात्री सोही ठाउँकी तुलसा दाहाललाई ठक्कर दिएको थियो। दाहालको दाहालको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताएका छन्।


145 पटक हेरिएको 




