पथरी । मोरङको पथरीशनिश्चरे वडास्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल सोमबार समीकरण पूरा भएको छ ।
पथरी शनिश्चरे २ नम्बर वडाले आयोजना गरेको क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा वडा नम्बर ४ र २ बिजयी बन्दै सेमिफाइनल प्रबेश गरेका हुन् ।
सोमबारको पहिलो खेलमा वडा नम्बर ४ ले वडा नम्बर ८ माथी ४४ रनको जित निकाल्दा दोश्रो खेलमा वडा नम्बर १० माथी वडा नम्बर २ ले ५५ रनको जित निकाल्यो । सोमबारको पहिलो खेलमा वडा नम्बर ८ले टस जितेर फिल्डिङ रोजेपछि वडा नम्बर ४ ले निर्धारित २० ओभरको खेलमा ९ बिकेट गुमाएर १२५ रन बनायो । वडा नम्बर ४का धर्मसिंह भन्डारीले २९ बलमा ४६ रन बनाए । सनम दुलालले २४ रन बनाउदा रोमन बुढाथोकीले १० रन बनाए । वडा नम्बर ८का राजु थापा,फणीन्द्र पौडेल र अंगद नुनियाले समान २–२ बिकेट लिए । जवाफी ब्याटिङ गरेको वडा नम्बर ८ १९ ओभर १ बलमा सबै बिकेट गुमाएर ८१ रनमा समेटियो ।
वडा नम्बर ८ का लागि अमर थापाले २३ र भानु बिकले १२ रन बनाउन बाहेक अन्य खेलाडिको प्रर्दशन सम्झना योग्य बनेन । वडा नम्बर ४ का धर्मसिंह भण्डारीले ४ साइमन दुलालले २ र रोमन बुढाथोकी र राजकुमार मगरले समान १–१ बिकेट लिए । खेलको म्यान अफ दि म्याच वडा नम्बर ४ का धर्मसिंह भण्डारी घोषित भए । म्यान अफ दि म्याच भण्डारीलाई वडा नम्बर ८ का वडा अध्यक्ष नबिनजंग कार्कीले ट्रफ्री वितरण गरे ।
दोस्रो खेलमा वडा नम्बर १० टस जितेपछि ब्याटिङको निम्तो पाएको वडा नम्बर २ ले १८ ओभर ५ बलमा सबै बिकेट गुमाएर १९९ रन बनायो । जसका लागी सोलोमन राईले अर्धसतकिय पारी खेले । बिष्फोटक ब्याटिङ गरेका राईले २८ बलमा ६ छक्का ६ चौकाको मद्दतले ६७ रन बनाए । बिशाल तामाङले ३४ रन बनाउदा रहर लामाले २६ राकेश राई २० रन बनाउदै आउट भए । वडा नम्बर १० का लागी क्षितिज राई एक्लैले ५ बिकेट चडकाए पनि टिमलाई जिताउन सकेन्न । रेवत थक्सुले ३ बिकेट लिदा प्याराहाङ राई र महेश कार्कीले १–१ बिकेट लिए ।
२०० रनको लक्ष्य लिएर मैदान उत्रीएको वडा नम्बर १० लाई १६ ओभर २ बलमा १४४ रनमै अलआउट बनायो । वडा नम्बर १० का रोशन बिष्टले २७ महेश कार्कीले २१ र रोशन न्यौपानेले १८ रन बाहेक अन्य खेलाडिले दोहोरो अंकको रन जोडन सकेन्न । वडा नम्बर २ का पशुपती दाहालले ४ बिकेट लिदा सोलोमन राई ३ तथा राजु राई र रहर लामाले १–१ बिकेट लिए । अर्धसतकिय पारी र ३ बिकेट लिएका राई म्यान अफ दि म्याच घोषित भए ।
मंगलबार हुने सेमिफाइनलमा वडा नम्बर १ र ४ तथा दोश्रो खेलमा वडा नम्बर २ र ३ बीच प्रतिस्पर्धा हुने छ । वडा नम्वर २ ले आयोजना गरेको क्रिकेट खेलमा वडा नम्बर ६ लाई हराउदै वडा नम्बर १ तथा वडा नम्बर ५लाई हराउदै वडा नम्बर ३ यस अघि नै सेमिफाइनल प्रबेश गरिसकेका छ्न । नगरका १० वटै वडाको सहभागिता रहेको खेलको फाइनल माघ ८ गते हुने वडा अध्यक्ष नैना राईले जनाकारी दिए।


119 पटक हेरिएको 








