एमालेबाट भगवती चौधरी पनि मन्त्री बन्दै

काठमाडौं । नेकपा एमालेहरुबाट मन्त्री बन्नेहरुको नामावली टुंगिएको छ ।
सुनसरीबाट काङ्ग्रेस नेता विजय गच्छदारलाई पराजित गरेका भगवती चौधरी मन्त्री भन्ने भएछिन । अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका हुन् । उच्च स्रोतका अनुसार, एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बन्ने भएका छन् । बाँकी मन्त्रीहरुको विभागीय मन्त्रालय अध्यक्ष ओलीले टुंग्याउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार