मौलीबारीको ग्राभेल बाटोको अनुगमन

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ५ को मौलीबारीको एक नम्बर ग्राभेल बाटो निर्माणको अनुगमन गरिएको छ ।
आज नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक देवीमाया काफ्लेको अगुवाईमा वडा अध्यक्ष वीरबहादुर राई, नगरका प्राविधिक कर्मचारीहरु सहितको टोलीले अनुगमन गरेको हो । सो बाटोको लम्बाई ७ सय १० मिटर, चौडाई ६ मिटर र उचाई (थिगनस) १५ सेन्टी रहेको छ । सो बाटोको लागत नगरबाट १० लाख विनियोजित भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार