जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई बुधबार प्रदेश सभा बैठकमा सतप्रतिशत विश्वासको मत प्राप्त गरेका छन् ।
बुधबार प्रदेश सभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा १ सय २ सांसद उपस्थित थिए । उपस्थित १ सय २ जना सांसदले मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिएका हुन् । संघीय सरकार गठनका लागि केन्द्रमा बनेको सत्ता समीकरणअनुसार जसपा नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीमा दाबी पेस गर्दा उनलाई जसपासहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टीले समर्थन गरेका थिए ।


83 पटक हेरिएको 












