काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा नजाने निणर्य गरेको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निणर्य गरेको हो । सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्ममा निणर्य गर्ने प्रचार विभाग प्रमुख पूणर् बस्नेतले जानकारी दिए । पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यस विषयमा नेपाली काङ्ग्रेससँग छलफल गर्ने तय भएको उनको भनाइ छ ।


105 पटक हेरिएको 












